हरेक नेपाली किसानको डिजिटल साथी

कुन बेला रोप्ने,
कतिमा बेच्ने —
सबै एउटै एपमा।

बाली रोप्ने सही समय, दैनिक बजार भाउ, जिल्लाको मौसम सूचना र रोग-कीराको उपचार — तपाईंकै भाषामा, सधैं निःशुल्क।

बाली
७७
बाली
जिल्लाको मौसम
७७
जिल्लाको मौसम
भाषा
६
भाषा
सधैं निःशुल्क
रु ०
सधैं निःशुल्क
कृषि पात्रो एपको बाली पात्रो स्क्रिन
कृषि पात्रो एपको गृह स्क्रिन: मिति, मौसम, प्रमुख बाली, बाली सुरक्षा र बजार भाउ
आज · २०८३ असोज ३०

यो महिना रोप्न मिल्ने बाली

  • सर्सो
  • तोरी
  • अजवाइन
Fri, 16 Oct 2026

बाली पात्रो · चलाएर हेर्नुहोस्

यो महिना के रोप्ने?

महिना छान्नुहोस् — एपकै ७७ बालीको पात्रोबाट त्यो महिना रोप्न र काट्न मिल्ने बाली देखिन्छ। NARC र कृषि मन्त्रालयको सिफारिसमा आधारित।

असोज मा १६ बाली रोप्न मिल्छ

सर्सो

Mustard

रोप्ने
असोज, कात्तिक
काट्ने
माघ, फागुन
बीउ दर
5-6 केजी प्रति हेक्टर
दूरी (से.मि.)
३०x१०
मल (NPK)
60:30:20 किलो प्रति हेक्टर
पाक्ने दिन
१२०-१३५

उन्नत जात: पुसा बोल्ड · आदर्शा · वरुणा

बाँकी विवरण — रोग, मल, भण्डारण — एपमा

स्रोत: NARC, कृषि तथा पशुपन्छी विकास मन्त्रालय · एपको बाली पात्रो

मुख्य सुविधाहरू

किसानको हरेक दिनको काम, एउटै एपमा

दैनिक बजार भाउ

कालीमाटी लगायत बजारको दिनहुँको भाउ। बेच्नुअघि नै हेर्नुहोस्, सही समयमा सही मूल्य पाउनुहोस्।

गोलभेडा (ठूलो)रु ३०/के.जी.
भेडे खुर्सानीरु ६३/के.जी.
प्याज (सुकेको)रु ४२/के.जी.

उदाहरण भाउ

७७ जिल्लाको मौसम सूचना

भारी वर्षा, अत्यधिक गर्मी, तेज हावा वा धेरै आर्द्रताको सम्भावना हुँदा तपाईंको जिल्लाका लागि समयमै सूचना — के गर्ने भन्ने सल्लाहसहित।

  • ⛈️ भारी वर्षा
  • 🌧️ वर्षाको सम्भावना
  • 🌡️ अत्यधिक गर्मी
  • 💧 धेरै आर्द्रता
  • 💨 तेज हावा

बाली सुरक्षा

बाली, बोटको भाग र लक्षण छान्नुहोस् — सम्भावित रोग-कीरा र उपचार, विषादी प्रयोगअघि पर्खनुपर्ने दिन (PHI) चेतावनीसहित।

धान · मकै · आलु · गोलभेडा · तोरी

विषादी छर्ने समय

वर्षा, हावा र आर्द्रता हेरेर आउँदो ४८ घण्टामा छर्न उपयुक्त समय — विषादी बगेर वा उडेर खेर नजाओस्।

जग्गा नाप रूपान्तरण

रोपनी-आना-पैसा-दाम र बिघा-कट्ठा-धुर एकअर्कामा — MoALD को उत्पादन अनुमानसहित।

०बिघा१५कट्ठा०धुर

५,०८७ वर्ग मिटर

जलवायु अनुकूल कृषि

ICIMOD का खुला स्रोत ज्ञानबाट अनुकूलन गरिएका सरल, कम लागतका उपायहरू — तस्बिर र चरणसहित।

कृषि कार्यालय सम्पर्क

७७ जिल्लाका कृषि ज्ञान केन्द्रको फोन नम्बर — माटो परीक्षण, अनुदान र बाली बिमाका लागि एक ट्यापमा फोन।

निःशुल्क विज्ञ सत्र

कृषि विज्ञहरूसँग अनलाइन र प्रत्यक्ष कार्यक्रम — एपबाटै दर्ता।

आगामी कार्यक्रम हेर्नुहोस्

एपभित्र

वास्तविक एप, वास्तविक स्क्रिन

हाम्रो वाचा: किसानका लागि सधैं निःशुल्क

कृषि पात्रोका सबै सुविधा — मौसम सूचना, बजार भाउ, बाली पात्रो, बाली सुरक्षा — किसानका लागि सधैं निःशुल्क रहनेछन्।

  • कुनै विज्ञापन छैन
  • कुनै "प्रिमियम" छैन
  • कुनै लुकेको शुल्क छैन

यो छुट होइन, हाम्रो वाचा हो।

भाषा

नेपालका ६ भाषामा उपलब्ध

नेपाली र अंग्रेजीका साथै मैथिली, भोजपुरी, थारू र तामाङमा — लाखौं किसानको पहिलो भाषा नेपाली होइन।

  • नेपाली भाषी किसान
    नेपालीNepali
  • English भाषी किसान
    EnglishEnglish
  • मैथिली भाषी किसानबेटा
    मैथिलीMaithili
  • भोजपुरी भाषी किसानबेटा
    भोजपुरीBhojpuri
  • थारू भाषी किसानबेटा
    थारूTharu
  • तामाङ भाषी किसानबेटा
    तामाङTamang

भरोसा गर्न सकिने जानकारी

सरकारी र अनुसन्धान स्रोत

बाली पात्रो र बाली सुरक्षाको जानकारी नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD) का प्रकाशनमा आधारित छ। बजार भाउ कालीमाटी फलफूल तथा तरकारी बजार लगायतबाट आउँछ।

सुरक्षा पहिलो

विषादी सुझाव दिँदा एपले सधैं PHI (बाली टिप्नुअघि पर्खनुपर्ने दिन) चेतावनी देखाउँछ, र रासायनिक उपचारभन्दा पहिले रोकथाम र घरेलु उपाय सिफारिस गर्छ।

तपाईंको निर्णय, तपाईंकै हातमा

एपले जानकारी र सुझाव दिन्छ; अन्तिम निर्णय सधैं किसानकै हुन्छ। कुनै जानकारी गलत लागे हामीलाई सिधै भन्न सकिन्छ।

किन कृषि पात्रो?

हामी पनि नेपालकै गाउँमा हुर्केका इन्जिनियरहरूको सानो टोली हौँ।

हामीले आफ्नै घरका बुबाआमा, हजुरबुबा–हजुरआमा र गाउँका किसानलाई वर्षौँदेखि एउटै समस्यासँग संघर्ष गरिरहेको देख्यौँ।

आज पानी पर्ला कि नपर्ला?

कुन बाली रोप्ने सही समय कहिले हो?

आज तरकारीको भाउ कति छ?

बिषादी कति हाल्ने? मल कहिले हाल्ने?

यी सबै जानकारी खोज्न किसानले अरूको भर पर्नुपर्छ। कतै गलत सल्लाह पाइन्छ, कतै धेरै ढिलो जानकारी आउँछ। कहिलेकाहीँ एउटा गलत निर्णयले महिनौँको मिहिनेत र आम्दानी नै जोखिममा पर्छ।

हामीले अर्को समस्या पनि देख्यौँ। किसानका लागि बनेका धेरै एपहरू अंग्रेजीमा छन्, ठूला व्यावसायिक फार्मलाई लक्षित छन्, वा केही दिन प्रयोग गरेपछि पैसा तिर्नुपर्छ। तर नेपालको वास्तविक खेती त साना खेतबारीमा हुन्छ। हरेक जिल्लाको मौसम फरक हुन्छ। र लाखौँ किसानको पहिलो भाषा नेपाली पनि होइन—उहाँहरू मैथिली, भोजपुरी, थारू, तामाङ लगायत आफ्नै मातृभाषामा सहज महसुस गर्नुहुन्छ।

त्यसैले हामीले कृषिपात्रो बनायौँ।

७७ जिल्लाको मौसम, नजिकको बजारको दैनिक मूल्य, NARC-आधारित बाली जानकारी, रोपाइँ र कटाइको सही समय, र खेतीसम्बन्धी आवश्यक जानकारी — तपाईंकै भाषा, तपाईंकै जिल्लाअनुसार, सधैं निःशुल्क।

हामी विश्वास गर्छौँ, सही समयमा सही जानकारी पाउनु किसानको अधिकार हो, सुविधा होइन।

कृषिपात्रो एउटा एप मात्र होइन। यो नेपाली किसानको समय, मिहिनेत र पसिनाप्रतिको हाम्रो सानो सम्मान हो।

— पहाडी ल्याब्स टोली

कृषि ज्ञान

कृषि पात्रो ब्लग

नेपाली किसानका लागि तथ्यमा आधारित खेती गाइड — सरल भाषामा।

सबै लेख हेर्नुहोस्

आजै डाउनलोड गर्नुहोस्

निःशुल्क · विज्ञापन छैन · ६ भाषा · Android

Google Play मा पाउनुहोस्

लक्ष्य: २०३० सम्म १ लाख किसान

हामीसँग कुरा गर्नुहोस्

प्रश्न, सुझाव वा गलत जानकारी भेट्नुभयो? सिधै भन्नुहोस् — हामी हरेक सन्देश पढ्छौं।